भन्सार छलिका अवैध सामान र काठ बरामद
कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छलिका अवैध सामान र काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट बयलबन्दा रपशुपतिटोलबाट खटीएको सीमा गस्ती टोलीले समान र काठ बरामद गरेको हो।
भारतबाट नेपाल भित्र्याइ बेवारिसे अवस्थामा रहेको अन्दाजी मुल्य ८४ हजार ८१० बराबरको किराना समान तथा साल, सिसौ र टिक गरी ४३ क्यु. फिट काठ बरामद गरेको हो।
बरामद गरिएको सामान आवश्यक कानूनी कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएको र काठ गौरीशंकर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिलाई बुझाइएको गणले जनाएको छ।
१६ कात्तिक २०७८, मंगलवार १८:४७ बजे प्रकाशित






























