punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहमन्त्री खाँण सुदूरपश्चिम आउँदै

Chaupati
safha napa

गृहमन्त्री बालकृष्ण खाँण भोली (बुधवार) बैतडी आउने भएका छन् । बेमौसमी बर्षाका कारण सुदूरपश्चिममा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरिक्षण गर्न सुदूरपश्चिम आउन लागेका गृहमन्त्री खाँण बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुंगाड आउन लागेको नेपाली काङग्रेस बैतडीका नेता एबंम तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले जानकारी दिएका छन् ।

कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले सिगास आएर उनले बाढी प्रभाबित क्षेत्रमा नागरिकहरुसंग भेटघाट गर्ने र उक्त स्थलको प्रत्यक्ष निरिक्षण गर्ने कार्यक्रम रहेको नेता भट्टले बताए ।

लगातारको तीन दिनसम्म परेको झरीका कारण सेती नदीमा आएको बाढीका कारण ढुंगाढ वस्ती ढुवानमा परेको थियो । जसका कारण लाखौको क्षति भएको छ ।प्रधानमन्त्री शेर बहादुर देउवाले समेत ढुंगाड पुगेर उचित क्षतिपुर्तिको आश्वासन दिएर गएका थिए ।


१६ कात्तिक २०७८, मंगलवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु