चन्द्र बहादुर रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग
राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व.चन्द्र बहादुर रैकाको १६ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ सोमबार धनगढीमा मनाईएको छ ।
चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य टेक वहादुर रैकाले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउदै रैकाले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्दे भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।
कार्यक्रममा नेपाली काग्रेसका नेता नृप वहादुर सुनारले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तिलक बहादुर सिहंले राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व।रैकाको अतुलनिय र अनुकरणीय योगदान रहेको बताए ।
कार्यक्रममा नेकपा ९एकिकृत समाजवादी०का नेता चक्र विक, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,दलित गैरसरकारी संस्था महासंघका संयोजक खडक विक,धनगढी उपमहानगरपालिका वडा नं २ की वडा सदस्य रत्ना विष्ट,वडा नं ५ की सदस्य माया ताम्राकार,मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरु लगायतकाले स्वःरैकाको राजनैतिक एव सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दे भावपूर्ण श्रद्धान्जली अर्पण गरेका थिए ।
यसै विच रैकाको स्मृति दिवसको अवसरमा धनगढी स्थित मानव सेवा आश्रममा रहेका ७० जना साहारा विहिन सडक मानवहरुका लागि नगद रु ५ हजार,दिवा खाना र खाद्य तथा पोषण सामाग्री सहयोग गरिएको छ । जस अन्र्तगत चामल २५ केजी,तेल ५ लिटर,दाल ५केजी,भुजा १० प्याकेट,चिउरा ६ प्याकेट,पिठो १० केजी,आलु १० केजी,चाउचाउ १ पेटी,नुन २ प्याकेट,मास्क २ प्याकेट,सोयाविन ६ प्याकेट लगायतको खाद्य सामाग्री सहयोग गरेका हुन् ।
उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी प्रदेश सासद टेक वहादुर रैकाले मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरुलाई हस्तान्तरण गरेका थिए ।चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैकाले गरे ।
१६ कात्तिक २०७८, मंगलवार १७:३० बजे प्रकाशित






























