punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिहारमा बिजुली अभाव हुन्छ,के भन्छन् कुलमान

Chaupati
safha napa

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा सबै नेपालीले घर झिलिमिली पारे पनि विद्युत् अभाव नहुने बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत् आपूर्ति नियमित भएपछि तुलनात्मक रुपमा उच्च माग(पिक लोड) धेरै नबढेको बताए ।

‘गएको भदौको एक दिन विद्युत्को पिक डिमान्ड १ हजार ६ सय २० मेगावाट पुग्यो,’ उनले भने, ‘तर तिहारको लक्ष्मी पूजाको साँझ पनि १ हजार ५ सय भन्दा बढीको पिक लोड नहुने हामीले अनुमान गरेका छौं । त्यसो हुँदा घर पुरै झिलिमिली पारौंँ । सकेसम्म उज्यालो पारौँ ।’

कार्यकारी निर्देशक घिसिङका अनुसार हाल २ हजार मेगावाट भन्दा बढी हाम्रो जलविद्युत् आयोजनाको जडित क्षमता पुगेको छ । तर, १ सय ५ मेगावाटको कुलेखानी स्टोरेजबाट चल्ने आयोजनाले हाल उत्पादन गरेको छैन । हाल १ हजार ६ सय मेगागाट हाराहारीका जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

‘एक हिसाबले भन्ने हो भने अहिले कुलेखानी स्टोरेज प्रोजेक्टको विद्युत् प्रयोगमा आएको छैन अर्थात् खेर गएको अवस्था छ,’ उनले भने, ‘तर, अवस्था सँधै यस्तो हुँदैन । रनअफ रिभरमा आधारित आयोजनाको उत्पादन खुम्चिँदा हामीलाई हिउँदमा खेर हामीलाई विद्युत् अपुग हुन पनि सक्छ । तर हामीलाई जति नै विद्युत् अभाव भए पनि अब लोडसेडिङ भने हुँदैन ।’


१६ कात्तिक २०७८, मंगलवार १७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु