punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत जाँदै

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायतको राजधानी लण्डन जाँदै छन् । बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा आज त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत छन् ।

प्रधानमन्त्री देउवाले यही कात्तिक १५ र १६ गते हुने वर्ल्ड लिडर समिटमा सम्बोधन गर्नेछन् । सम्बोधनको क्रममा उनले नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण, तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्नेछन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।


१२ कात्तिक २०७८, शुक्रवार १०:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु