punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गैर आवासीय नेपाली संघद्घारा बाढी पीडितलाई राहत वितरण

Chaupati
safha napa

गैर आवासीय नेपाली संघले कञ्चनपुरका बाढी प्रभावितहरुलाई एक करोड बराबरको राहत सामग्री वितरण गरेको छ । मंगलबार दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी पीडितहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

संघले दोधारा चाँदनीका डेढ सय र भीमदत्त नगरपालिकाका डेढ सय परिवारलाई राहत वितरण गरेको हो । संघका मध्यपुर्व संयोजक मनोज श्रेष्ठको संयोजनमा राहात संकलन गरिएको हो । राहत विरतणमा संघका दक्षिण कोरिया प्रतिनिधि रञ्जन कुँवर लगायतको उपस्थिति रहेको थियो ।

संघले लुगा कपडादेखि खाद्यान्न र स्वास्थ्य सामग्रीहरु समेत वितरण गरेको हो । दाल, चामल, खुर्सानी, बेसार, खाने तेल, आलु, प्याज, मास्क र लुगाकपडा लगायतका सामग्रीहरु प्रभावितलाई वितरण गरिएको हो ।

संघका प्रतिनिधिहरुले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसँग पनि भेट गरेको छ । विष्टले नदी तटिय क्षेत्रका वासिन्दाको दीर्घकालिन रुपमा सुरक्षित आवास निर्माण योजनामा सयोग पुर्याउन आग्रह गरेका छन् । प्रतिनिधिहरुले प्रभावितहरुको सहयोगका लागि अन्तर्राष्ट्रिय स्तरबाट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।


९ कात्तिक २०७८, मंगलवार १८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु