punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक जना मृत फेला, दुई बेपत्ता

Chaupati
safha napa

बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मृत फेला परेका छन्। पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

बजार जान्छु भनि सोमबार घरबाट निस्केका उनी साँझ घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। पहरीको शव आज बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो। बाख्रा चराउन गएका गोठालाहरूले पहरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पहरीको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेकोले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जनाको अवस्था अज्ञात छ। डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात छ।

गोपाल कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए। बेपत्ता ओडको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए।यस्तै जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीया जयन्ती विष्ट पनि अझै भेटिएकी छैनन्।

कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी थिइन्। सुभमको शव भने दोगडाकेदार गाउँपालिका–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको छ।


९ कात्तिक २०७८, मंगलवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु