punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमेयर चौधरीको धम्की : सिडिओको पनि टाउको फुटाउन तयार छौँ

Chaupati
safha napa

कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् । गौरीगङ्गा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बिच विवाद भएको छ।

एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ । सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् “भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने ? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौँ।

तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ।”सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो । सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।


९ कात्तिक २०७८, मंगलवार १८:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु