punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ न्यायाधीशले आज प्रधानन्यायाधीश जबरालाई भेट्दै

Chaupati
safha napa

सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन्। उनीहरूले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ।

न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए।

उक्त बैठकमा न्यायाधीशहरूले अदालतभित्र देखिएका विचलन र प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास पनि बहिष्कार गरेका न्यायाधीशहरूले जबरालाई भेटेर आफ्ना कुरा राख्ने र प्रधानन्यायाधीशले समाधान नगरे थप कडा कदम चाल्ने बताइएको छ।

सोमबार प्रधानन्यायाधीशले १३ जना न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेको थिए। तर, ती कुनै पनि इजलास बस्न नसकेको प्रवक्ता दाहालले जानकारी दिए।

सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको दबाब बढेको छ। पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबराको राजीनामानै अन्तिम विकल्प भएको बताएका छन्।

 


९ कात्तिक २०७८, मंगलवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु