punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले गड्डीगाड जलविद्युत् आयोजनामा क्षति

Chaupati
safha napa

बाढीले डोटीको पूर्वीचौकी गाउँपालिका–४ मा निर्माणाधीन माथिलो गड्डीगाड जलविद्युत् आयोजनामा क्षति गरेको छ। बाढीले १.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति गरेको हो।

आयोजनाका साइड इन्चार्ज दानबहादुर साउँदका अनुसार बाढीले सेटलिङ बेसिन, पेनिस्टिक पाइप लाइन, अन्डर स्वीच गेटलगायतका संरचनामा क्षति गरेका छ। हेड्वकस जाने बाटो पनि अवरुद्ध भएको छ।

बाढीले निर्माण भइसकेका संरचना बगाए पनि काम भइरहेको छ। बाँकी सामान ल्याउनका लागि सडकहरू अवरुद्ध हुँदा समस्या भएको इन्चार्ज साउँदले बताए। ३० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको जलविद्युत् आयोजना आगामी चैत मसान्तसम्म बनाइसक्नुपर्ने सम्झौता छ।

 


९ कात्तिक २०७८, मंगलवार ०९:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु