punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले पाइप बगाएपछि एक गाग्री पानीका लागि दिन बित्‍यो

Chaupati
safha napa

वर्षापछि पहिरोले पाइप बगाउँदा बैतडी सदरमुकाम क्षेत्रमा खानेपानी अभाव भएको छ।दशरथचन्द नगरपालिका ४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्। सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि १ हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।

सदरमुकामबाट झण्डै ६ किलोमिटर टाढा रहेको माडखोला मुहानमा पहिरो र पाइपमा वर्षाले क्षति पुर्‍याएपछि खानेपानीको समस्या भएको हो। एक हप्तादेखि सदरमुकाम क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीय प्रकाश चन्दले बताए।

खानेपानीको समस्या भएको हप्ता दिन भइसक्दासमेत कुनै सुनुवाइ भएको छैन। उनले भने, ‘सदरमुकाममा आउने पानी बन्द हुँदा टाढाबाट बोकेर ल्याउनुपर्छ, एक गाग्री पानीका लागि दिनभर बिताउनुपर्ने बाध्यता छ।’

खानेपानी अवरुद्ध हुँदा सदरमुकामका होटल व्यवसायीहरुलाई समेत समस्या भएको छ। व्यवसायी अम्बादत्त भट्टका अनुसार खानेपानी नै नहुँदा व्यापार व्यवशाय गर्न निकै सकस भएको छ। पानीको अभावमा शौचालय समेत प्रयोग गर्न मुस्किल भएको स्थानीयबासीले बताएका छन्।

यता, बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले भने खानेपानी सञ्चालन गर्न अझै एक दुई दिन लाग्ने बताए। मुहानमा ठुलो पहिरो गएको छ , ठाउँठाउँमा पाइपहरु भाच्चिँएका छन्। उनले भने,‘वर्षाले व्यापक क्षति पुगाएकोछ, हामी सुचारु गर्न लागिरहेका छौं , एकदुई दिनमै सञ्चालन हुन्छ होला।’

सेनाले वितरण गर्दै खानेपानी

यसैबीच सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएपछि नेपाली सेनाले खानेपानी वितरण गरेको छ। हनुमान ध्वज गुल्मले सदरमुकामका सरकारी कार्यालय, सुरक्षा निकाय, सर्वासाधारणलाई खानेपानी विरण गरिरहेको हो।

जर्गबाट छुट्टै रिजर्व ट्यांकीबाट पानी ल्याइएको र सोही पानी वितरणको काम भइरहेको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।

उनले भने,‘ गुल्मभित्र जर्गबाट ल्याइएको सानो रिजर्व ट्यांकी थियो,सोही ट्यांकीबाट पाइप लगाएर वितरण गर्दैछौं, सरकारी कार्यालयहरुमा पाइपबाट तानेर लगिएको छ, अन्य सर्वासाधारणका लागि मूलगेट अगाडी धारा जडान गरेका छौं।’

सेनाले खानेपानी वितरण गर्दा थोरै भएपनि सदरमुकाम क्षेत्रमा राहत भएको छ। ‘आपतविपद पर्दा सेना सधैं साथमा रहेको छ, हामीले हामीसंग भएको थोरै पानी पनि सबैलाई विरण गरिरहेका छौं,सेना सधै जनताको साथमा छ। ’सेनानी रानाले भने।

बैतडीका गत असोज ३१ गते रातिदेखि लगातार रुपमा ३ दिनसम्म परेको अविरल वर्षाले ४ जनाको ज्यान लिएको छ भने करौडौंको धनमालको क्षति पुगाएको छ।


८ कात्तिक २०७८, सोमवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु