punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा (एमाले) कञ्चनपुरमा जिम्मेवारी हेरफेर

Chaupati
safha napa

(नेकपा एमाले) कञ्चनपुरले विभिन्न विभागका जिम्मेवारी हेरफेर गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले वडा अधिवेशनको पूर्व(सन्ध्यामा विभाग र जनसंगठनमा जिम्मेवारी हेरफेर गरी बाँडफाँट गरेको छ।

मदन आश्रित स्मृति सदनमा आयोजित बैठकले बिभाग र फाँट प्रमुखमा नयाँ जिम्मेवारी तोक्दै बाढी पहिरो पीडितहरूका समस्यालगायत विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षणसमेत गराएको हो।

विधानमा व्यवस्था भएबमोजिम पार्टी स्कुल विभाग प्रमुखमा वीरबहादुर थापा, संगठन विभाग प्रमुखमा सुरेन्द्र विष्ट, प्रचार विभाग प्रमुखको जिम्मेवारी रणबहादुर महरालाई दिइएको स्थानीय तह विकास विभाग प्रमुख पल्लवराज भट्टले जानकारी दिए।

शिक्षा तथा मानव स्रोत विभाग प्रमुखमा टेकबहादुर हमाल, स्थानीय तह विकास विभाग प्रमुखमा पल्लवराज भट्ट, आर्थिक विभाग प्रमुखमा मोहन सिंह रावल, निर्वाचन विभाग प्रमुखमा राधाकृष्ण जोशी, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा चाँदनी धामीलाई तोकिएको छ।

समावेशीकरण तथा सामाजिक सुरक्षा विभाग प्रमुख फैरु तामाङ, प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुखमा खेमराज ओझा, स्वास्थ्य, जनसंख्या तथा वातावरण विभाग प्रमुखमा रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको छ। कार्यालय सचिवमा कर्णबहादुर चन्द तोकिएका छन्।बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्नेलगायत विभिन्न निर्णय एवं समसामयिक प्रस्तावहरु समेत पारित गरेको नेता भट्टले बताए।

 


८ कात्तिक २०७८, सोमवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु