कैलालीमा विङ्गर दुर्घटना : १२ जना घाइते

कैलालीमा विंगर दुर्घटना भएको छ ।जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ राजीपुरमा धनगढीबाट छुटेको विङ्गर दुर्घटना भएको हो ।मोटरसाईकलसंग ठोकिएको सो विंगरमा सवार १२ जना घाइते भएका छन्।

से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एक जना मोटरसाइकल चालक गरी १२ जना घाइते भएको कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।मोटरसाइकल चालक धनगढी वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर रहेको उनले बताए ।

धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको उनले बताए ।घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको उनले बताए।


२६ असोज २०७८, मंगलवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु