punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काबुलका होटलमा ठूलो हमला हुने अमेरिका र बेलायतको चेतावनी  

Chaupati
safha napa

अफगानिस्तानको राजधानी काबुलस्थित होटलमा ठूलो हमला हुने आशंका जनाउँदै अमेरिका र बेलायतले चेतावनी दिएका छन्।

काबुलको होटेलमा ठूलो हमला हुने चेतावनी दिँदै सोमबार दुवै मुलुकले आफ्ना नागरिकलाई होटेलबाट टाढा रहन आग्रह गरेका छन्।

दुवै मुलुकले राजधानी काबुलमा रहेको सेरेना होटेलमा हमला हुने चेतावनी दिएका हुन्। सेरेना होटेल काबुलको सबैभन्दा आरामदायी होटेलको रुपमा चिनिन्छ।

सो क्षेत्रमा सुरक्षा जोखिम रहेको भन्दै अमेरिकी विभागले भनेको छ, ‘सेरेना होटेलभित्र र नजिकै रहेका अमेरिकी नागरिक तत्काल त्यहाँबाट अन्यत्र सर्नुस्। त्यहाँ सुरक्षा खतरा रहेको छ। जुनसुकै समयमा हमला हुनसक्छ।’

यस्तै बेलायती विदेश विभाग कार्यालयले समेत आफ्ना नागरिकलाई तत्काल काबुल यात्रामा ननिस्कन आग्रह गरेको छ। विभागले विज्ञप्तिमार्फत भनेको छ, ‘काबुलका आरामदायी होटेलमा सुरक्षा जोखिम बढेकोले सबै नागरिकहरु त्यस क्षेत्रबाट बाहिर जानुहोस्।’

सो क्षेत्रमा आइएस समूहले हमला गर्ने आशंका अमेरिका र बेलायतले गरेको छ। यता तालिवानले आइएसविरुद्ध लड्न अमेरिकासंग सहकार्य नगर्ने जनाएको छ ।


२६ असोज २०७८, मंगलवार ०५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु