punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा ‘फारवेस्ट मिक्स टेप नाइट २०२१’ को आयोजन हुँदै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. को आयोजनामा धनगढीमा फारवेस्ट मिक्स टेप नाइट २०२१ को आयोजन हुने भएको छ ।

धनगढीको उत्तरबेहडीमा अवस्थित आफ्नो घर टेम्पल रिसोर्टमा आज असोज २५ गते सोमबार साँझ ६ बजे कार्यक्रमको आयोजना हुने भएको हो ।

टुबर्ग नेपालद्धारा प्रस्तुत फारवेस्ट मिक्स टेप नाइट २०२१ मा कमेडियन हिक्मत महरा, कमेडियन दीपेन्द्र ओली र कमेडियन दर्पण शर्माको प्रस्तुति रहने आयोजक प्रतिनिधि दिनेश भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. ले आयोजना गरेको कार्यक्रममा रिदम व्याण्ड धनगढीको संगित रहने छ भने डिजे कलपीतले डिजे सञ्चालन गर्ने छन् ।

साथै कार्यक्रम आयोजक प्रतिनिधि भण्डारीले कोरोना कहरको लामो समय पश्चात् हाँस्न र रमाउन चाहने दर्शक श्रोताहरूको लागी सो कार्यक्रमको आयोजना गरिएको बताउँदै पायक पर्ने सम्पूर्ण मानुभावहरुलाई उपस्थित भई दिन हुन अनुरोध गरेका छन् ।


२५ असोज २०७८, सोमवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु