‘‘अब दौडिन्छ जुगेडा’’ पुरुष तर्फ ललित शाही र महिला तर्फ नेहा खड्का प्रथम

विजया दशमिको अवसरमा धनगढी उप–महानगरपालिका–१२ जुगेडा ‘‘बी’’ गाउँमा आयोजित ‘‘अब दौडिन्छ जुगेडा’’ रिले दौड प्रतियोगिता अन्तरगत पुरुष तर्फ ललित शाही र महिला तर्फ नेहा खड्का प्रथम भएका छन् ।जुगेडा नमुना क्लबको आयोजनामा सम्पन्न भएको ‘‘अब दौडिन्छ जुगेडा’’ रिले दौडमा पुरुष तर्फ १० किलोमिटर र महिला तर्फ ५ किलोमिटरको दुरी निर्धारण गरिएको थियो ।

जसमा पुरुष तर्फ ३६ मिनेट ४९ सेकेन्डमा लक्ष्य पुरा गर्दै ललित शाही प्रथम भएका छन् । यसै गरी ३८ मिनेट ५ सेकेन्डमा लक्ष्य पुरा गरेका राज शाही द्वितीय हुँदा ३८ मिनेट ४० सेकेन्डमा लक्ष्य भेटाएका आर्य विक तृतीय भएका छन् ।

No description available.यसै गरी महिला तर्फको ५ किलोमिटर दौडमा १८ मिनेट १९ सेकेन्डमा लक्ष्य पुरा गरेकी नेहा खड्का प्रथम, १८ मिनेट ५५ सेकेन्डमा लक्ष्य पुरा गरेकी नन्दा विष्ट द्वितीय र १९ मिनेट २० सेकेन्डमा लक्ष्य पुरा गर्दै तुलक्षी शाही तृतीय भएकिछन् ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष धावकलाई समान १०÷१० हजार पुरस्कार प्रदान गरिने आयोजक नमुना युवा क्लबका अध्यक्ष प्रेम विकले बताए । यस गरी द्वितीय हुने धावकलाई ५÷५ हजार र तृतीयलाई ३÷३ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा महिला र पुरुष गरी एक सय जनाले भाग लिएका थिए ।

No description available.पहिलो पटक जुगेडा क्षेत्रका खेलाडी मात्रै सहभागी गराइएकोमा आगामी दिनमा सबै क्षेत्रका खेलाडीका लागि सहभागी हुन पाउने गरी व्यवस्थापन गरिने अध्यक्ष विकले बताए ।पहिलो पटक जुगेडामा आयोजना गरिएको रिले प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिँदै म्याराथुनको आयोजना गरिने अध्यक्ष विकले बताए ।

यस अघि जुगेडामा फुटबल र भलिबल जस्ता प्रतियोगिता मात्रै सञ्चालन हुँदै आएकोमा यस पटक देखी एथलेटिक्स खेलको समेत सुरुवात गरिएको उनले बताए । उनले एथलेटिक्समा पनि जुगेडाबाट खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।कैलाली जिल्ला खेलकुदका एथलेटिक्सका प्रशिक्षक रामचन्द्र जोशीले प्रतियोगिता हुनु राम्रो भएको बताए ।

No description available.एथलेटिक्स खेलको जग भएको बताउँदै उनले सबै खाले खेलका लागि पहिला दौड छमता बढाउनु आवश्यक हुने बताए । उनले धनगढीका टोलटोलमा एथलेटिक्स प्रतियोगिता सञ्चालन हुनुपर्नेमा जोड दिए । यसका साथै प्रत्येक स्कुलमा एथलेटिक्स प्रशिक्षक राख्नुपर्ने उनको सुझाव छ । ‘खेलाडी बन्न शारीरिक र मानसिक तन्दुरुस्त हुनु आवश्यक छ,’ उनले भने,‘त्यो फिटनेस एथलेटिक्सले मात्रै दिन सक्दछ ।’

प्रतियोगिताको रिबन काटेर उद्घाटन गर्दै धनगढी–१२ का वडा अध्यक्ष गणेश जोशीले खेलनै अनुशासनको प्रतीक भएको बताए । उनले सबै खेलाडीलाई स्वास्थ्य तरिकाले आफ्नो क्षमता देखाउन आग्रह गरेका थिए । ‘खेलले व्यक्ति मात्र नभई समग्र जुगेडाको परिचय दिनेछ भन्ने मैले विश्वास लिएको छु,’ अध्यक्ष जोशीले भने,‘हामी सबैले प्रतियोगिता लाई सफल बनाउन लाग्नु पर्दछ ।’


२५ असोज २०७८, सोमवार ०९:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु