सुनको मूल्य बढ्यो
सुनको मूल्य बढेको छ।शुक्रबारको तुलनामा आज आइतबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो।
शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो।
२४ असोज २०७८, आइतवार १२:०४ बजे प्रकाशित































