punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्दिरको दानपेटिका चोरी, दर्शनार्थी पनि लुटिए

Chaupati
safha napa

बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको छ। पाटनस्थित उक्त मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चोरी भएको हो।घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिका कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको छ। चोरेर लगिएको दानपेटिका मन्दिर गेट नजिकै फुटाएको अवस्थामा फेला परेको छ। सोही राति मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लुटिएको छ।

महेन्द्रनगरबाट मन्दिरको दर्शनका लागि आएका गणेशबहादुर चन्दको राति सुतेको मौका छोपेर १७ हजार रुपैयाँ चोरिएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न हुनसक्ने भन्दै २–३ जनामाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।

यसअघि गत जेठमा पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा पनि चोरी भएको थियो।


२४ असोज २०७८, आइतवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु