punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवन टाइगर्स ईपीएल च्याम्पियन

Chaupati
safha napa

पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (इपीएल) कोे उपाधि जितेको छ।योसँगै सोमपाल कामीले आफ्नो कप्तानीमा दुइ फ्रेन्चाइज टिमलाई दुई अगल घरेलु प्रतियोगिताको उपाधि दिलाएका छन्। सोमपालको कप्तानीमा यसअघि सन् २०१७ ले धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो।

यता विनोद भण्डारी भने पहिलो उपाधिबाट वञ्चित भएका छन। जितसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले १५ लाख रुपैयाँ पाउनेछ।पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ दशमलव ५ ओभरमा ६ विकेटमा पुरा गर्यो। पोखराका लागि भिम सार्कीले सर्वाधिक ६३ रनको योगदान दिए। ४५ बलको सामना गरेका भिमले ७ चौका र २ छक्का प्रहार गरे।

सेकुगे प्रशन्न १ र कप्तान सोमपाल कामी ४ रनमा नटआउट रहे।दिलिप नाथले १८ र राजेश पुलामीले १४ रन थपे। ओपनर मोहम्मद शहजाद ११ रनमा पवेलियन फर्के। पहिलो ओभरको दोस्रो बलमा नै अर्का ओपनर हसिम अन्सारी गोल्डेन डक आउट भए। करिम जन्नत शुन्य रनमा आउट भए।

पोखराका लागि किशोर महतो एक्लैले ४ विकेट लिए। नन्दन यादवले २ विकेट झारे। नन्दनले आफ्नो स्पेलमा २६ रन खर्चे। सहान आरिचिगेले आफ्नो स्पेलमा २२ रन खर्चेपनि कुनै विकेट लिन सकेनन्।त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरा १७ दशमलव ५ ओभरमा १ सय ११ रन जोड्दा अल आउट भएको थियो।

ओपनर रिचार्ड लेभी र विपिन रावलले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्।पोखराका असेला गुणारत्नेले जोडेको ३४ रन नै सर्वाधिक भयो। कप्तान विनोद भण्डारीले २२ रन थपे।

रिचार्ड २६ र विपिन रावल १७ रनमा पवेलियन फर्के। रित गौतम र साहन आरिचिगेले समान २ रन जोड्दा क्याच आउट भए।विवेक यादव ४, विक्रम सोब १ रनमा आउट भएर लोकेश बम र नन्दन यादव गोल्डेन डक आउट भए।

पोखरालाई कम स्कोरमा रोक्न चितवनका कमल ऐरिले सर्वाधिक ४ विकेट लिए। कमलले ३.५ ओभरमा २० रन खर्चे। करिम जन्नत र सेकुगे प्रशनले समान २ विकेट झारे।सागर ढकाल र सोमपाल कामीले एक एक विकेट आफ्नो नाममा गरे।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सागर ढकाल चुनिए। उनले एक थान पल्सर बाइक पाए।यस्तै प्रतियोगिताको उदीयमान खेलाडी बनेका भीम सार्कीले ५१ हजार, डेयर टू ड्रिम अवार्ड पाएका कमलसिंह ऐरीले समेत पल्सर मोटर साइकल पाए।


२३ असोज २०७८, शनिवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु