punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला प्रहरी कार्यालय कैलालीको निरीक्षण तथा अनुगमन

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीमा निरीक्षण तथा अनुगमन गरिएको छ । महान्यायधिवक्ताको कार्यालय काठमाण्डौँका सह–न्यायधिवक्ता हरी प्रसाद जोशी, उप–न्यायधिवक्ता यम बहादुर बानिया र जिल्ला सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायधिवक्ता राजेन्द्र सिंह भण्डारी समेतको टोलीले प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गरेको हो ।

टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा रहेका थुनुवाहरुसंग कानुन सम्बत तरिकाले पाउने सेवा सुविधा लगायतका बिषयहरुमा छलफल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्ट, अपराध अनुसनधानका शाखा प्रमुख प्रहरी निरीक्षक प्रेम सिंह खड्का तथा हिरासत व्यवस्थापनका अधिकृत समेतको उपस्थितिमा अनुगमन तथा निरीक्षण गरिएको हो ।


२३ असोज २०७८, शनिवार १६:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु