punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा बैतडीको अध्यक्षमा ईन्द्रदेवशरण भट्ट

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। सदरमुकामस्थित गोठलापानीमा आज सम्पन्न अधिवेशनबाट ईन्द्रदेवशरण भट्टको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो।

जिल्ला कार्यसमितिका अन्य पदहरू भने पछि तोकिने।जनाइएको छ। राप्रपा बैतडीको प्रदेश ‘क’ को अध्यक्षमा रणबहादुर विष्ट र ‘ख’ को अध्यक्षमा अशोकबहादुर साउद चयन भएका छन्।१० स्थानीय तहमा पनि राप्रपाले संगठन विस्तार गरेको जनाएको छ। यस्तै राप्रपा विद्यार्थी संगठन पनि गठन गरिएको छ। रोहित चन्दको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो।

राप्रपाले प्रकाशचन्द्र भट्टको अध्यक्षतामा २१ सदस्यीय युवा संगठन पनि गठन गरेको जनाएको छ। अधिवेशनमा राप्रपाका केन्द्रीय कोषाध्यक्ष गणेशबहादुर चन्द, पूर्वमन्त्री एवं राप्रपाका नेता जयन्तबहादुर चन्द, उच्चस्तरीय केन्द्रीय सम्पादन समिति सदस्य गणेशबहादुर विष्ट, राप्रपा केन्द्रीय सदस्य हेमबाबु लेखकलगायतको सहभागिता थियो।


२१ असोज २०७८, बिहीवार १६:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु