punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा १ लाख २२ हजार नगद सहित १५ जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयको टोलीले गएराति नगद सहित जुवाडेहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार झोलुङ्गे पुल नजिक एक घरमा जुवा खेलाइएको सूचनाको आधारमा छापा मारिएको थियो ।राति १ बजे चाँदनीका मोहन सिंहको घरमा १ लाख २२ हजार २ सय १० रुपैयाँ सहित १५ जुवाडेलाई पक्राउ गरिएको न्यौपानेले बताए ।

उनिहरुलाईमुलुकी अपराध संहिता ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।दशैँ र तिहारको अवसरमा प्रहरीले कडा सुरक्षा योजना अन्तरगत गाउँ गाउँ र टोल टोलमा प्रहरीलाई खटाएको छ । दशै देखि तिहारसम्म गाउँघरमा ठुला ठुला जुवातास हुने गर्छ ।


२१ असोज २०७८, बिहीवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु