‘मानव अंगको हड्डी’सहित दुईजना पक्राउ
file photo
मोरङको विराटनगरबाट सशस्त्र प्रहरीले मानव अंगको हड्डीजस्तो देखिने वस्तुसहित दुईजनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेको को २ च ९६४८ नम्बरको भ्यानमा मानवको अंगजस्तो देखिने वस्तु भेटिएपछि सशस्त्र प्रहरीले सो भ्यान सहित दुईजनालाई पक्रेर जिल्ला प्रहरी कार्यालय विराटनगरको जिम्मा लगाएको छ ।
भ्यानका चालक विनोद देव र युवराज कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए । सो भ्यानबाट मानव खप्पर जस्तो देखिने कंकाल २८ वटा र १० वटा हात–खुट्टा आकारको हड्डी बरामद गरिएको छ ।
मानव अङ्ग हो या होइन भनेर परिक्षण गरिने र रिपोर्ट आएपछि थप अनुसनधान गरिने एसपी जिसीले बताए ।
प्रहरीले ति कंकालको फरेन्सिक जाँचका लागी काठमाडौं स्थित त्रिवि शिक्षण अस्पतालमा पठाउने भएको छ । पक्राउ परेकाहरुले सो कंकाल भारतबाट ल्याएको प्रहरीलाई बताएका छन् ।
२० असोज २०७८, बुधवार १५:४० बजे प्रकाशित






























