punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तानमा पत्रकारसहित ३ जनाको गोली हानी हत्या

Chaupati
safha napa

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन जनाको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

स्थानीय जलालाबाद शहरमा आफ्ना आफन्तसँग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको हो। घटनामा पत्रकार शादातसहित तीनजना मारिएका छन्। बन्दुकधारी समूहले उनीहरुलाई गोली हानेका अधिकारीहरुले जनाएका छन्।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका छन्। स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि)ले हत्याको निन्दा गरेको छ।गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।

स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन्। अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन्। एजेन्सी


१८ असोज २०७८, सोमवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु