punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केसी, कोइरालालगायत नेता डडेल्धुरा पुगेपछि अनशन स्थगित

Chaupati
safha napa

क्रियाशील सदस्यता विवादबीच नै वडा अधिवेशन गरेपछि विरोधमा उत्रिएका डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ताले अनसन स्थगित गरेका छन्।डडेल्धुरामा क्रियाशील सदस्यतामा देखिएको विवाद नटुंग्याउँदै गत भदौ २५ मा सभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अधिवेशनमा सहभागी भएको थिएन।

जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले क्रियाशील विवाद समाधान गरी फेरि वडा अधिवेशन गर्न माग गर्दै ११ दिनदेखि रिले अनसन गरेका थिए।आज पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू शेखर कोइराला र गुरूराज घिमिरेलगायत नेता पुगेर सम्बोधन गरेपछि तत्कालका लागि रिले अनसन स्थगित भएको छ।

दसैंपछि फेरि धर्नालाई निरन्तरता दिने गरी नेताहरूको रोहबरमा ११ दिनदेखि जारी धर्ना, रिले अनसन स्थगित भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।आज डडेल्धुरामा नेताहरू पुगेर कार्यक्रम गर्ने तयारी गरेपछि सभापति देउवा पक्षले अवरोध गर्न खोजेका थिए।

जिल्लाबाट पठाइएका करिब तीन सय क्रियाशीलको नाम हटाएर सभापति देउवा पक्षले नयाँ नाम राखेपछि डडेल्धुराको वडा अधिवेशन विवादमा परेको थियो।वरिष्ठ नेता पौडेलले त्यहाँ पुनस् अधिवेशन गर्न निर्वाचन समितिमा ध्यानाकर्षणसमेत गरेका थिए। तर सभापति देउवा पक्ष फेरि वडा अधिवेशन गर्ने पक्षमा देखिएको छैन।


१७ असोज २०७८, आइतवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु