डडेल्धुरामा कांग्रेस केन्द्रीय नेताहरुको सहभागी भेलामा झडप
डडेल्धुरामा कांग्रेसको भेलामा दुई पक्षबीच झडप भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो ।सभापति देउवा इतर समूहले बोलाएको भेलामा काँग्रेस केन्द्रीय सदस्य केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी छन् ।आमसभा भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले भने आमसभामा एक आपसमा काँग्रेस कार्यकर्ताबीच धकेलाधकेल मात्रै भएको बताए । उनले घाइते भएको विवरण प्रहरीसम्म नपुगेको बताएका छन् । उनले पार्टीको भेला जारी रहेको बताए ।जिल्ला सभापति कर्ण मल्ल समूहको विरोधकाबीच देउवाले हस्तक्षप गरेर वडा र पालिका अधिवेशन गरेपछि डडेल्धुरा काँग्रेसमा विवाद बढ्दै गएको छ।
मल्ल समूहले जिल्लामा वडादेखिनै पुनः आमसभा आयोजना हुनुपर्ने माग गर्दै आएको छ । अधिवेशनमा सभापति देउवाले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा मल्ल समूह अनसुनमा पनि बसेको थियो ।विवादबारे अध्ययन गर्न नेताहरु आइतबार डडेल्धुरा पुगेपछि ११ दिनदेखि जारी अनसन भने स्थगित गरिएको छ ।
१७ असोज २०७८, आइतवार १६:०७ बजे प्रकाशित






























