राप्रपा कैलाली अध्यक्षमा गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कैलाली जिल्ला अध्यक्षमा होम गुरुङ चयन भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा गुरुङ चयन भएको राप्रपाका नेता सुनिल केसीले जानकारी दिए ।
अधिवेशनबाट अन्य पदाधिकारीको टुङ्गो भने लागेको छैन । पार्टीभित्रको आन्तरीक छलफल पछि केही दिनमा सबै पदाधिकारीको टुङ्गो लाग्ने केसीले बताए ।
१६ असोज २०७८, शनिवार २०:०२ बजे प्रकाशित






























