punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलको मूल्य भारतमै पुग्यो प्रतिलिटर १०८ रुपैयाँ

Chaupati
safha napa

भारतमा पेट्रोलको मूल्यले नयाँ रेकर्ड बनाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रति लिटर पुगेको छ।

पेट्रोलको मूल्य दिल्लीभन्दा बढी मुम्बईमा १०८ रुपैयाँ १९ पैसा प्रतिलिटर पुगेको छ। शनिबार पेट्रोल मूल्यमा २५ पैसा र डिजलको मूल्यमा ३० पैसा बढाएको जनाइएको छ।

पछिल्लो एक हप्तामा पेट्रोलको मूल्य चार पटक बढाइएको जनाइएको छ। त्यसैगरि डिजलको मूल्य पनि सय नजिक पुगेको छ।

दिल्लीमा डिजलको मूल्या ९० रुपैयाँ ४७ पैसा र मुम्बईमा ९८ रुपैयाँ १६ पैसा प्रति लिटर पुगेको छ।
कोरोना महामारीका कारण विश्‍वव्यापी उत्पादन प्रभावित भएपछि इन्धनको मूल्य बढेको बताइएको छ। पछिल्लो पटक बढेर पुगेको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा बढी भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि नेपालमा पनि मूल्य बढ्ने गरेको छ ।


१७ असोज २०७८, आइतवार ०५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु