punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रियाशील सदस्यता विवाद बुझ्न केन्द्रीय नेताहरू लिएर कोइराला देउवाको गृहजिल्ला आउँदै

Chaupati
safha napa

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यताको विवाद बुझ्न नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला आउने भएका छन्।कोइराला आफूनिकट केन्द्रीय नेताहरूसहित आइतबार डडेल्धुरा आउने कार्यक्रम तय भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

डडेल्धुरामा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको भन्दै नेता–कार्यकर्ताहरू अनसन बसिरहेका छन्। उनीहरूको गुनासो सुन्न कोइरालाका साथमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य आउने भएका हुन् ।

त्यहाँ बृहत् कार्यकर्ता भेला राखिएको र कोइरालासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थपलियाले बताए।‘उहाँहरू धनगढी हुँदै डडेल्धुरा जाने कार्यक्रम तय भएको छ,’ थपलियाले भने।वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि लैजान खोजिएकोमा उनी काठमाडौंबाहिर रहेकाले सम्भव नभएको थपलियाले बताए।


१६ असोज २०७८, शनिवार १७:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु