एक दर्जन सिडिओको सरुवा, डोटीमा विष्ट र डडेल्धुरा जोशी
गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ०को सरुवा गरेको छ।
शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ। प्रशासन उच्च स्रोतका अनुसार कास्कीमा सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ भने रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ।
केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूची अनुसारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो।
१६ असोज २०७८, शनिवार १६:२२ बजे प्रकाशित






























