सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमणबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा अप्पतालमा भएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत छन्। जसमध्ये ५ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै आजै अस्पतालमा ६ जना संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ।
१५ असोज २०७८, शुक्रवार १३:५८ बजे प्रकाशित































