punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाड लक्षित सुरक्षा‚ सीमा नाकामा कुकुरसहितको टोली परिचालन गरिने

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाड पर्वलाई लक्षित सुरक्षा योजना तयार गरेको छ।चाड पर्वमा सीमा नाका क्षेत्रमा अबाञ्छित गतिविधि हुन नदिन जिल्ला प्रहरी कार्यालयसहित मातहतका सबै प्रहरी युनिट सुरक्षाका लागि परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। सीमा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन हुने उनको भनाइ छ।

‘चाडपर्वका बेला अबाञ्छित गतिविधि हुन नदिन सीमा नाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ। त्यसका लागि तयारी अघि बढाइसकेका छौं‚’ उनले भने, ‘अहिले दशैं तिहार सुरक्षाका लागि छलफल र तयारीमा छौं।’

पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिण पूर्वी नाका गौरीफन्टामा कुकुरसहित प्रहरी परिचालन गर्न लागिएको हो। पूर्व–पश्चिम राजमार्ग, बढी भीडभाड हुने ठाउँ, अपराधिक गतिविधि बढी हुने क्षेत्र, सार्वजनिक यातायात लगायतका क्षेत्रलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।


१५ असोज २०७८, शुक्रवार १४:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु