punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१९ हजार नागरिकलाई कोरोनाविरुद्वको खोप लगाइयो

Chaupati
safha napa

दार्चुलामा १८ वर्षमाथिका १९ हजार नागरिकलाई कोरोनाविरुद्वको खोप लगाइएको छ । असोज १० गतेबाट जिल्लाभरीका ९२ वटा स्वास्थ्य संस्थामार्फत १८ हजार ८ स य२३ जनालाई खोप लगाइएको हो ।

सरकारले हिमाली जिल्लाका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन भनेको छ । सोहीअनुसार दार्चुलामा बिहीबारसम्म खोप लगाइने छ । अहिले यहाँका नागरिकलाई भेरोसेल खोप लगाइएको छ ।

जिल्लाको लागि पहिलो चरणमा ४० हजार डोज खोप जिल्ला पुगेको थियो । खोप लगाउने काम जारी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले बताए ।
यस्तै भारतबाट आउने नेपालीलाई पनि सीमा क्षेत्रमा कोरोनाविरुद्वको खोप लगायउने काम चलिरहेको छ ।

बुधबारसम्म ५० जनालाई खलंगा पूलघाट क्षेत्रमा कोरोनाविरुद्वको खोप लगाइएको भट्टले बताए । भारतबाट आउने मजदुरलाई जोनसोन खोप लगाइने गरेको छ । अहिले दशैतिहार नजिकिएसँगै सीमामा आउने नेपालीको भीड दिनहु बढ्दो छ ।


१४ असोज २०७८, बिहीवार ०९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु