punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा २४ जना राष्ट्र सेवक कर्मचारी सम्मानीत

Chaupati
safha napa

धनगढीमा चिकित्सक र स्वास्थ्यकर्मीसहितका २४ जना राष्ट्र सेवक कर्मचारीलाई सम्मान गरिएको छ । जसको कोही छैन, त्यसको हामी छौँ अभियान नेपालले बुधबार जिल्ला समन्वय समितिमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको छ ।

‘कोभिड १९ को महामारीका बेला आफ्नो ज्यान हत्केलामा राखेर अरुलाई बचाउँदै आफू पनि बाच्नुभयो त्यसैले त भेट भयो,’ भन्ने नाराका साथ सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलसहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारीलाई सम्मान गरिएको हो ।

जसको कोही छैन, त्यसको हामी छौँ अभियान नेपालका संयोजक नेत्र भण्डारीले चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पुगाएको योगदानको कदर स्वरुप प्रशंसा पत्रसहित सम्मान दिइएको जानकारी दिए ।

उनकाअनुसार टीकापुर अस्पतालका मेडिकल अधिकृत डा।रमेशकुमार उपाध्याय, लम्कीचुहा अस्पतालका एमडी।जीपी नवीनकुमार बम, धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय, सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स कल्पना बिष्ट, मालाखेती अस्पतालकी सिनियर अनमी निरीक्षक कृति पाठक, जोशीपुर गाउँपालिकाको अस्पताल नर्सिङ निरीक्षक शान्ति चौधरीलाई सम्मान गरिएको छ ।

यस्तै घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंह, भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, शिक्षा समन्वय इकाइ कैलालीमा कार्यरत उपशाखा अधिकृत प्रतापसिंह धामी लगायतकालाई पनि सम्मान गरिएको हो । जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यबहादुर थापाले उनीहरुलाई प्रशंसा पत्र र मालासहित सम्मान गरेका थिए ।


१३ असोज २०७८, बुधवार १७:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु