punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले अवरुद्ध साफे-बाजुरा-मार्तडी सडक खुल्यो

Chaupati
safha napa

तीन महिनादेखि बन्द रहेको साफे–मार्तडी सडकको ट्र्याक खुलेको छ । लगातारको वर्षाका कारण पहिरो जाँदा बन्द रहेको अछामको साफे–बाजुरा मार्तडी सडकमा यातायातका सवारी साधन आजदेखि संचालनमा आएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बुढिगंगा नगरपालिका १ अम्कोट लगायतका सो सडक खण्डको दर्जनौ स्थानमा गएको पहिरो हटाइ सामान्य ट्र्याक मात्रै खोलिएको बताए ।

हेभिईक्युप्मेण्ट डिभिजन कार्यालय गोदावरीले ट्र्याक खुलाउने कार्यमा सहयोग गरेको बताउदै प्रमुख जिल्ला अधिकारीले अहिले उक्त ट्र्याकबाट ट्र्याक्टर र टिप्पर मात्रै संचालन गर्न सकिने बताए । उनले माथिबाट अझै पनि लेदो खसिरहेका कारण सामन्य पानी परे बाटो पुनस् अवरुद्ध हुने बताए ।

त्यस्तै कोल्टी–मार्तडी सडक खण्ड समेत आजबाट सामान्य संचालनमा आएको छ । सडक अबरुद्ध हुँदा बाजुरामा चरम खाद्यान्न अभाव भएको छ। चाडबाड नजिकिँएसँगै खाद्यान्न अभाव भएपछि कालोबजारी समेत बढेको स्थानीयले गुनासो गरेका छन् ।


१३ असोज २०७८, बुधवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु