सेती अस्पतालमा १३ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६९ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
१२ असोज २०७८, मंगलवार १५:२५ बजे प्रकाशित






























