कमैया प्रथा उन्मुलन समाजको १७ वर्ष अध्यक्ष भएका सिताराम पुनः अध्यक्ष चयन
कमैया प्रथा उन्मुलन समाजको अध्यक्षमा सिताराम चौधरी निर्विरोध निर्वाचित भएका छन ।
समाजको धनगढीमा भएको आठौं अधिवेशन तथा १७औं साधारण सभाबाट सिताराम चौधरीको अध्यक्षतामा सात सदस्यीय कार्यससमिति चयन गरेको हो । जसको उपाध्यक्षमा आशा चौधरी, कोषाध्यक्षमा शारदा चौधरी, सचिवमा महंगु चौधरी चयन भएका छन् ।
सदस्यमा रेखा चौधरी, रामकुमारी चौधरी र गितादेवी चौधरी निर्विरोध निर्वाचित भएका हुन । कमैया प्रथा उन्मुलन समाजका संस्थापक अध्यक्ष समेत रहेका चौधरीले यो भन्दा अगाडि १७ वर्ष अध्यक्ष पदमा बसी मुक्तकमैया आन्दोलनका अगुवाई गरेका थिए ।
‘मुक्तकमैया दाजुभाई, दिदीबहिनीको आग्रहमा फेरी अध्यक्ष पद सम्हालेको हुँ,’ उनले भने, ‘आफू अध्यक्ष रहदा धेरै मुक्तकमैयालाई पुनस्थापपना गर्न सफल भएको थिएँ । अहिलेपनि कतिपय मुक्तकमैया पुनस्थापनाबाट बन्चित छन । न्यायिक पुनस्र्थापना अभियान फेरी जारी हुन्छ ।’
कैलाली जिल्लामा ४ सय ६३ जान मुक्तकमैयाको व्यवस्थापन गर्न जरुरी देखिएको उनले बताए । उनका अनुसार ६० जनाले लालपुर्जा पाएर पनि जग्गा नपाएको अवस्था छ, भने ४ सय ३ जना परिचयपत्र लगायतबाट छुट भएका छन् ।
१२ असोज २०७८, मंगलवार १५:४१ बजे प्रकाशित






























