punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ईपीएलका आजका खेल पनि ढिला सुरु हुने

Chaupati
safha napa

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने भनिएको पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनको खेल पनि ढिला गरी सुरु हुने भएको छ।

सवा १२ बजेका लागि तय खेलमा अहिलेसम्म टस समेत हुनसकेको छैन।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको हो।

मैदानको आउट फिल्ड सुकाउनका लागि मैदान कर्मचारीले भरपूर प्रयास गरिरहेका छन्।आइतबारदेखि परेको पानीले मैदान भिजेपछि खेल निर्धारित समयभन्दा ढिला हुनलागेको हो।

ओसिलो आउट फिल्डकै कारण सोमबारका लागि तय दुई खेल टस समेत नभई स्थगित भएको थियो।

सोमबार भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स तथा काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबिचको खेल टस समेत नभई स्थगित भएको थियो।

यसअघि आइतबार पोखरा र भैरहवा ग्लाडियर्टसबीचको खेल जारी रहँदा पानी परेपछि दुवै टोलीले अंक बाँडेका थिए।


१२ असोज २०७८, मंगलवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु