ट्रकको ठक्करबाट आमा छोराको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट २ जनाको ज्यान गएको छ। ज्यान जानेमा सैनामैना नगरपालिका–५ बुद्धनगरका ६२ वर्षीया राधा भट्टराई र उनकै छोरा २१ वर्षीय महेश भट्टराई रहेका छन् ।

पश्चिमबाट बुटवलतर्फ आउदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले ठक्कर दिँदा सडकमा बस पर्खेर बसेका उनीहरूको मृत्यु भएको हो । कलेज जान हिडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमालाई पनि ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

 


१२ असोज २०७८, मंगलवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु