punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्व रेबिजविरुद्धको दिवस : घरमा पालेको कुकुरले टोके पनि लापर्बाही नगर्न सुझाव

Chaupati
safha napa

आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।‘रेबिज स् तथ्य बुझौँ,त्रसित नबनौँ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।

जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

कुकुरलगायत पशुपक्षीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।

डाक्टर बाँस्तोलका अनुसार महिनामा एकदेखि तीन जनासम्म व्यक्तिको रेबिजका कारण ज्यान जाने गरेको छ । घरमै पालेको कुकुरले टोकेको भनेर हेलचेक्य्राइँ गर्ने, बेलैमा खोप नलगाउनेलगायतका कारण सङ्क्रमितको ज्यान जाने गरेको उहाँको भनाइ छ ।

सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज सङ्क्रमणको जोखिम बढाएको छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टर बाँस्तोलाको सुझाव छ ।

जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ । एन्टी रेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टी रेबिज खोप लगाइसकेको अवस्थामा भने ‘रेबिज इम्युनोग्लोबुलिन सुई लगाउन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

‘रेबिज इमुनोग्लुबोलिन’ सबै ठाउँमा सहज उपलब्ध छैन । यो सुई लगाउन सङ्क्रमित काठमाण्डौ आउनुपर्ने बाध्यता छ ।


१२ असोज २०७८, मंगलवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु