punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

Chaupati
safha napa

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ‘ख’ बमोजिम अध्यादेश खारेज भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमाले विभाजन गर्न माधव नेपाल समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको समुहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ ।

एमाले विभाजनको उद्देश्यपूर्ति सँगै सरकारले अध्यादेश खारेज गरेको हो । अध्यादेशका कारण सत्तारुढ दलहरुहरु भित्रै विभाजनको त्राश थियो ।


१२ असोज २०७८, मंगलवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु