punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पानी पर्न कम भए पनि पहिरोको जोखिम कायमै

Chaupati
safha napa

केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ ।

अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उनले बताए । अहिले पानी नपरेका ठाउँमा पनि सुख्खा पहिरो जान सक्ने उनले बताए ।

यस्तै, आज पनि देशका केही ठाउँमा दिउँसो पछि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् ।


१२ असोज २०७८, मंगलवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु