punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नगर विकास समितिको जग्गा लिने कार्यकर्तालाई एमालेले कारवाही गर्ने

Chaupati
safha napa

नेकपा(एमाले) कञ्चनपुरले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रुपमा लिने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा दोषी ठहरिएका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने बताइको हो।

एमाले कञ्चनपुर इन्चार्ज निरू पालले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता तथा कार्यकर्तालाई कारवाही गरिने बताइन्। ‘जुनसुकै तहका भए पनि तिनलाई कारवाही हुन्छ‚’ बिहीवार आयोजित कार्यक्रममा उनले भनिन, ‘त्यसमा संलग्न भएको पुष्टि हुनु पर्छ।’

एमाले इन्चार्ज पालसहित जिल्ला अध्यक्ष बीरबहादुर थापा, सचिव सुरेन्द्र विष्टले नगर विकास समितिको जग्गा प्रकरणमा मुछिएका नेता कार्यकर्तालाई कारवाही हुने बताए।आयोगको केन्द्रीय टोलीले केही दिनदेखि नगर विकास समितिको जग्गा प्रकरणको छानबिन गरिरहेको छ। जग्गा अवैध रुपमा लिनेमा सबैभन्दा बढी एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चालगायत दलका नेता कार्यकर्ता छन्। उनीहरुसँगै यी दल संवद्ध पत्रकारहरुले पनि रहेका छन्।

नगर विकास समिति स्रोतका अनुसार जग्गा लिनेमा झण्डै २०० जना छन्। उनीहरुले नगर विकास समितिको लिज र टिप्पणीबाट जग्गा लिएका हुन्। तीमध्ये टिप्पणीबाट ३६ जनाले जग्गाधनी पूर्जा बनाएर जग्गा लिएका छन्। उनीहरुमाथि जग्गा लिन नक्कली कागजात बनाएको शंका गरिएको छ।

नगर विकास समितिबाट जग्गा लिएका केही व्यक्ति सर्वोच्च अदालतसम्म पुगेका छन्। समितिले अवैध रुपमा दिएको लिज र जग्गाधनी पूर्जाविरुद्ध ६ वर्षअघि अख्तियारमा उजुरी परेको थियो। अहिले त्यहीं उजुरीका आधारमा छानबिन अघि बढेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका उप सचिव ओमप्रकाश बराल नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।

आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले अख्तियार टोलीले जग्गा लिने व्यक्तिहरुको वयान लिने कार्य गरिरहेको बताए। टोलीले भीमदत्तनगर विकास समितिसँग छानबिनका लागि आवश्यक पर्ने कागज पत्र मागेको छ। मालापोत तथा नापी कार्यालयसँग सम्बन्धित कागजात पनि झिकाइएको छ।

२०३५ देखि हालसम्म विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्ति अध्यक्ष भएका छन्। तीमध्ये २०६१ पछि नगर विकास समितिको अध्यक्षको कार्यकालमा अवैध रुपमा जग्गा कारोबार गरिएको छ। अध्यक्षको ठाडो आदेशमा जग्गाको पूर्जा दिइएको छ। त्यसरी जग्गाधनी पूर्जा लिनेमा केही पत्रकार पनि छन।

 


८ असोज २०७८, शुक्रवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु