नेकपा एसको महासचिव बेदुराम भुषाल बन्ने पक्का

नेकपा एकीकृत समाजवादी (एकीकृत समाजबादी) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजका लागि तय गरिएको छ ।

आजको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव चयन गर्ने नेकपा एसले जनाएको छ ।

महासचिवको लागि राष्ट्रिय सभाका सदस्य बेदुराम भुषालको नाममा सहमति जुटेको नेताहरुको दावी छ ।

नेकपा एसले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।


७ असोज २०७८, बिहीवार १०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु