punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभाको बैठक बस्दै

Chaupati
safha napa

आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।बिहीबार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।एमालेको अवरोधबीच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ।

एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेर पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाउँदै आएको छ।एमाले विभाजन भई माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।


७ असोज २०७८, बिहीवार १०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु