punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

७० वर्ष नाघेका नेतालाई एमालेले ‘ज्येष्ठ कम्युनिस्ट’को परिचयपत्र दिने

Chaupati
safha napa

नेकपा एमालेले ७० वर्ष पूरा गरेका पार्टीका नेताहरुलाई कम्युनिष्ट नेताहरुलाई ज्येष्ठ कम्युनिस्ट परिचयपत्र दिने प्रस्ताव गरेको छ।असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुने पहिलो विधान महाधिवेशनका लागि तयार पारिएको विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेर हद यथावत् राखिएको हो।

केही महिनाअघि ओलीकै अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ७० वर्षको उमेर हद हटाउने निर्णय गरेको थियो।तर संशोधित विधानले ७० वर्ष पुगेकालाई ज्येष्ठ कम्युनिष्टको परिचयपत्र दिने प्रस्ताव तयार पारेको हो।

‘७० वर्ष उमेर पार गरेका वरिष्ठ कमरेडहरुलाई ज्येष्ठ कम्युनिस्टको परिचय पत्र प्रदान गर्ने,’ प्रस्तावित विधानमा उल्लेख छ, ‘जो जुन तहको कमिटी वा निकायबाट रिटायर्ड भएको हो उसलाई सोही तहको कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले ज्येष्ठ कम्युनिस्ट परिचयपत्र प्रदान गर्ने। पार्टीका केन्द्रीय अध्यक्षले परिचय पत्र प्रमाणित गर्ने।’

यस्तै विधानले निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने प्रस्ताव पनि गरेको छ। यस्तै पार्टीमा वरिष्ठ नेताको प्रावधान राख्ने प्रस्ताव एमालेले गरेको छ।यसअघि एमालेको विधानको वरिष्ठ नेताको प्रावधान नभए पनि पूर्वअध्यक्षहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेता भन्दै आइएको थियो।

अहिले भने विधानमै निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता बनाउने र उनको वरीयता अध्यक्षभन्दा एक स्टेप पछि राखिने प्रस्ताव एमालेले गरेको छ।


४ असोज २०७८, सोमवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु