अफगानिस्तानमा इस्लामिक स्टेटको आक्रमण, तालिबानका ३५ लडाकु मारिएको दाबी
अफगानिस्तानस्थित इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आईएसकेपी) ले अफगानिस्तान तालिबानले नियन्त्रण गरेयता पहिलोपटक उसविरुद्ध आफूले हमला गरेको दाबी गरेको छ।
यही सेप्टेम्बर १९ मा अफगानिस्तानको नान्गरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई ताकेर आईईडी विस्फोट गरिएको र त्यस क्रममा तालिबानका ३५ लडाकु मारिएको वा घाइते भएको दाबी आईएसकेपीले गरेको हो।
आईएसले तालिबानलाई ‘धर्म भ्रष्ट मिलिसिया’ भएको आरोप लगाएको छ।तालिबानले भने यस आक्रमणका विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। तर स्थानीय अफगान सञ्चारमाध्यमले नान्गरहार प्रान्तमा गराइएको आईईडी विस्फोटमा हताहती भएको समाचार दिएका छन्।
४ असोज २०७८, सोमवार १६:२२ बजे प्रकाशित






























