punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थरुहट मोर्चाद्वारा संविधानको धारा २७४ र अनुसूची ४ जलाएर विरोध

Chaupati
safha napa

थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ कालो दिन भन्दै संविधानको धारा २७४ र अनुसूची ४ जलाएको छ ।

३ असोज २०७२ मा नेपालले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको धाराप्रति असन्तुस्ट जनाउदै आफ्ना माग सम्बोधन नभएको भन्दै सो धारा जलाइएको मोर्चाका जिल्ला संयोजक माधब थारुले बताए ।

उनका अनुसार संविधान जारी भएदेखि नै आफूहरुको लागि असोज ३ कालो दिन नै हो ।आजको दिन देशमा दिपावली मनाईन्छ, तर थरुहट पक्षघरले कालो दिनको रुपमा लिन्छन् ।

थारु समुदायले उठाउँदै आएको माग मुद्धा सम्बोधन नहुन्जेल असोज ३ खुशीयालीको दिन हुन नसक्ने थारु अगुवाहरुको भनाई छ ।


३ असोज २०७८, आइतवार १८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु