सशस्त्र प्रहरी द्वारा अवैध सामान बरामद

सशस्त्र प्रहरीले कञ्चनपुरको पुनर्वास बाट अवैध पेयपदार्थ ड्यु र अण्डा बरामद गरेको छ । जिल्लाको पुनर्वास ६ नेपाल भारत सीमा क्षेत्रबाट बिहीबार सो सामान बरामद गरिएको हो ।

बोर्डर आउट पोष्ट पुनर्वासका सशस्त्र प्रहरी निरीक्षक निम भण्डारीको टोलीले गस्ती गर्ने क्रममा हिमचुली सामुदायिक वनको अवैध नाका बाट नेपाल ल्याउँदै गरेको अवस्थामा १६ पेटी ड्यु र १० क्रेट अण्डा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निम भण्डारीले जानकारी दिए ।

बरामद गरिएको सामान नष्ट गरिएको छ । पुनर्वासका विभिन्न अवैध नाकाबाट समय समयमा अवैध सामानको ओसार पसार हुँदा पनि नियन्त्रण हुन सकेको छैन ।


३१ भदौ २०७८, बिहीवार १६:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु