punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

Chaupati
safha napa

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई जिल्ला अदालतको आदेश अनुसार आज पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

माधवीलाई न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। माधवीले भदौ ६ गते अवैध सम्बन्धबाट जन्मिएको शिशुलाई जन्मनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेकी थिइन्।

त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरेको थियो। महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेस गरेको थियो।

माधवीका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ। घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ।

अवैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमती गरेका ती किशोर हाल फरार छन्। माधवीका घरमा १३ वर्षीय छोरा पनि छ।


३१ भदौ २०७८, बिहीवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु